नियम ३८
कर्मचारीको सबै समय समितिको अधीन हुने
(१) यस नियमावलीमा अन्यथा लेखिएकोमा बाहेक कर्मचारीको सबै समय समितिको अधीन हुनेछ र जुनसुकै समयमा पनि निजलाई समितिको काममा लगाउन सकिनेछ ।
(२) कर्मचारीले समितिबाट निर्धारित समयमा समितिको कार्यालयमा हाजिर हुनुपर्छ र कार्यालय प्रमुखले मनासिब ठानेमा तोकिएको समयभन्दा १५ मिनेट सम्म ढिला गरी आएमा पनि महीनाको तीन पटकसम्म हाजिर गर्न दिन सक्नेछ ।